वंशावली संशोधन सम्बन्धी २०७९

वंशावलीको दोस्रो संम्करणमा प्राप्‍त समान्य त्रुटीहरुलाई यस संस्करणमा सम्भव भएसम्म पहिचान गरी सच्याउने प्रयत्‍न गरिएको छ । सो बाहेक उक्त संस्करणमा नाता सम्बन्ध नै फरक परेका देहायमा उल्लेखित दुईवटा त्रुटीहरुलाई वंशवालीको यस तेस्रो संस्करण (Online) मा संशोधनको रुपमा राखिएको छ। उपलब्ध अभिलेख, वस्तुगत एवं प्राकृतिक प्रमाणका आधारमा संशोधनको लागि राखिएको वंशविन्यास यहाँहरु समक्ष पेश गर्नु पाउदा अत्यन्तै खुसी लागेको छ । यसको आधिकारिकता एवं प्रमाणिकताका विषयमा वंशावली संकलनकर्ता, हाम्रा अग्रज पुर्खा, आदरणीय व्यक्तित्त्व, स्व. मास्टर तुलसीप्रसाद सिटौलाज्यूले वंशावलीको पहिलो संस्करणको मन्तव्यमा प्रष्‍टरुपमा लेख्‍नु‍ भएको छ "वंशावलीको पूर्ण तथ्याङ्क अझै पनि पूरा हुन नसक्दा यो केही अधुरो नै छ, भन्ने मलाइ लाग्छ" । यसबाट यो प्रष्‍ट हुन्छ की हामीसँग उपलब्ध वंशावली त्रुटिरहित र पूर्ण छ भन्‍न सकिन्न । यसको अर्थ यो होइन कि यसलाई विश्वास नै गर्न नसकियोस् । यसका साथसाथै वहाँले यो पनि भन्‍नु भएको छ कि "तर यतिसम्म भएपछि सिटौला वंशका उज्याला, कर्मठ तथा सृर्जनशील व्यक्तिहरुले यसलाई दोस्रो संस्करणमा पूर्णत्त्व दिलाउन सक्‍नेछन् भन्ने कुरामा मैले बलियो विश्वास लिएको छु" भनेर वंशावलीको आगामी संस्करणमा ती अपूर्णता र त्रुटीहरु सच्याइ यसलाई जीवन्तता दिने कुरामा वहाँ आशावादी हुनुहुन्छ । अतः वहाँ कै बचनको निरन्तरता नै देहायका संशोधन गरिनु पर्ने विषयहरु हुन् । यी संशोधनका विषयहरु सत्यतथ्यमा आधारित वस्तुगत प्रमाणका आधारमा प्रस्तुत गरिएको छ। यसलाई सबै बन्धुहरुले सहजताका साथ स्वीकार गरिदिनु हुन सिटौला सेवा समाज नेपाल, वर्तमान कार्यसमिति यहाँहरु सँग हार्दिक आग्रह गर्दछ ।

क) चौथो पिडीका श्रीकृष्‍णरमण पाध्या सिटौलाका दुई छोरा (१) ईश्वर पाध्या र (२) विश्वेस्वर पाध्या सिटौला (पाँचौ पिडी) । कान्छा छोरा विश्वेश्वर पाध्या पूर्व गएका । जेठा ईश्वर पाध्याका चार छोरा मध्ये जेठा छोरा, कमलानिधि पाध्या सिटौला (छैटौं पिडी) । कमलानिधिका तीन छोरा मध्ये जेठा छोरा लक्ष्मीधर पाध्या सिटौला (सातौं पिडी) । लक्ष्मीधर पाध्याका तीन छोरा मध्ये जेठा छोरा शंकर पाध्या (आठौं पिडी) शंकर पाध्या सिटौलाका छोराहरु मध्ये पृथुलाल पाध्या सिटौला (नवौं पिडी) कान्छा छोरा हुनुपर्नेमा, वंशावली दोस्रो संस्करणको वंशविन्यासमा नाती हुनपुगेका छन् । शंकर पाध्याका छोरा श्रीलाल पाध्या (नवौं पिडी) का कान्छा छोरा पृथुलाल सिटौला दशौं पिडी हुन पुगेका छन् । परापूर्वकालदेखि मानिआएको नाता सम्बनध, प्राकृतिक रुपमा विकसित भएको वंशविन्यासको क्रम, सत्यतथ्य एवं वस्तुगत आधारमा दशौं पिडीमा रहेका पृथुलाल पाध्या सिटौलालाई शंकर पाध्याका कान्छा छोरा नवौं पिडीमा कायम गरिएको छ ।

ख) चौथो पिडीका श्रीकृष्‍णरमण पाध्या सिटौलाका दुई छोरा (१) ईश्वर पाध्या र (२) विश्वेस्वर पाध्या सिटौला (पाँचौ पिडी) । ईश्वर पाध्याका चार छोरा मध्ये साइला छोरा, कृष्‍णाखर पाध्या सिटौला (छैटौं पिडी) । कृष्‍णाखर पाध्याका तीन छोरा मध्ये कान्छा छोरा सत्यधर पाध्या सिटौला (सातौं पिडी) । सत्यधर पाध्या पछि वंशविन्‍न्यासमा वस्तुगत त्रुटी पाइन्छ । यस वंशहाँगालाई हेर्दा जेठा र माइलाका सन्तान भन्दा कान्छाका सन्तानहरुको अस्वभाविक रुपमा दुई पिडी वृद्धि भएको पाइन्छ । यदि यसरी अस्वभाविक रुपमा वृद्धि भएको दुई पिडी हटायो भने परम्परादेखि मानी आएको नाता सम्बन्ध कायम हुन्छ । अहिले कै अवस्थामा छोडी दिने हो भने दाजु र भाइको सम्बन्ध, हजुरबुबा र नातीको रुपमा कायम रहिरहने छ ।

अतः यस पिडीमा आजसम्म जीवित बन्धुहरुले पितृहरुलाई श्राद्ध तर्पण गर्दा लिएका नामहरु फरक नपर्ने गरी वंशविन्‍न्यासलाई मिलाइएको छ । रामचन्द्र पाध्या सिटौलालाई सातौं पिडीका सत्यधरको दोस्रो नामको रुपमा ग्रहण गरी सोही बमोजिम वंशविन्‍न्यास गरिएको छ । अतः रामचन्द्रका भाइ श्यामलाल सातौं पिडीका कान्छा भाइ हुदाँ कृष्णाखरका चार छोरा मध्ये कान्छा छोरा हुन पुगेका छन् । ( यस हाँगाका जेष्‍ठ जीवित बन्धु श्री मिन प्रसाद सिटौला (दशौं पिडी) ले पितृ श्रद्ध-तर्पण गर्दा आफ्ना बाबु देवी प्रसाद (नवौं पिडी), हजुर बुबा बिलभद्र वा बलभद्र (आठौं पिडी) र जिजुबुबा रामचन्द्र (सातौं पिडी) लाई तर्पण र पिण्डदान गर्नु हुन्छ । यसै हाँगाका आठौं पिडीका जेठाका सन्तानहरु गणेश प्रसाद र शंकर प्रसाद सिटौला (एघारौं पिडी) ले पितृ श्रद्ध-तर्पण गर्दा आफ्ना बाबु भवनाथ (दशौं पिडी), हजुर बुबा दयानिधि (नवौं पिडी) र जिजुबुबा पद्मनिधि (आठौं पिडी) लाई तर्पण र पिण्डदान गर्नु हुन्छ । पद्मनिधि र बिलभद्रका बुबा रामचन्द्र (सातौं पिडी) हुन्, यी एकै ठाउँमा जोडिन्छन् ।)

लेखिएको खोजिएको कुरा पूर्णसत्य नहुन पनि सक्छ । सत्यको नजिक पुग्‍न खोजले निरन्तरता पाउनु पर्दछ । हामीले गरिरहेको कर्म पनि निरन्तर खोज कै एक रुप हो । परम्परादेखि मानिआएको नाता सम्बन्धलाई कायम गराउन हरेक पक्षलाई केलाउनु पर्दोरहेछ । सकेसम्म त्रुटीहरु कम गर्नको लागि एकै व्यक्तिबाट वंशविन्यासको जालोलाई अनलाइनमा प्रविष्ट गर्ने कार्य सम्पन्‍न गरिएको छ । वंशावली प्रति सबै बन्धुहरुको आश्था र विश्‍वास कायम रहोस् भनेर अत्यन्तै मसिनोसँग हेर्ने प्रयत्‍न गरिएको छ । वंशावली प्रति अपनत्त्व साथै सबै बन्धुहरु एकतबद्ध भई समाजको कल्याणमा लाग्गे विषयलाई मूल मन्त्र मानिएको छ । अतः यस सामान्य संशोधनको विषयलाई सबै बन्धुहरुले स्वीकार गरी वंशावली प्रतिको विश्वासलाई जिवन्त गरिदिनु हुनेछ । गल्ती, कम्जोरी, त्रुटीलाई सच्याएर अघि बढ्नु नै साँचो अर्थमा वंशावली संकलक आदरणीय व्यक्तित्त्व स्व. मास्टर तुलसी प्रसद सिटौला प्रति श्रद्धाञ्‍जली अर्पण गर्नु हो ।